
बलिउडका कलाकारहरु महंगा र आलिसान घरको सौखिन छन् । आफ्नो निजी जिन्दगीलाई आलिसान तरिकाले बिताउन चाहने उनीहरु नयाँ नयँ घरको खोजीमा सधै रहन्छन् ।
बलिउड नायक अजय देवगणले हालै मात्र ४७ करोडमा आलिसान घर किनेका छन् । उनले, मुम्बइको जुहु इलाकामा यो घर किनेका हुन् । यो घर उनको पुराने घर शिव शक्तिको नजिक नै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
४७४.४ वर्ग मिटरमा फैलिएको यो घरका लागि अजयले ४७.५ करोड रकम तिरेका छन् ।
भारतीय मिडियाका अनुसार, अजयले यो घर किन्नका लागि १८. ७५ करोड रुपैयाँ ऋण समेत लिएका छन् । उनले यो घर अप्रिल २७ तारिखमा किनेका हुन् । अजय विगत एक बर्षदेखि नयाँ घरको खोजीमा थिए । अजयले यो घरको साजसज्जाको काम समेत सुरु गरेका छन् । नयाँ घरमा सरेर अजयको परिवारले पुरानो घरलाई पुननिर्माण गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4