Comments Add Comment

असारको पहिलो साता सुनको भाउ २८ सयले घट्यो

७ असार, काठमाडौं । सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ तोकिएको छ । असार १ गते तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै असार १ गते प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २९५ रुपैयाँमा झरेको छ । एक गतेदेखि ६ दिनसम्म लगातार घटेको चाँदीको भाउ ७ असारमा भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ ।

मंगलबारदेखि सुनचाँदी पसल खुल्ने

निषेधाज्ञाका कारण वैशाख १५ गतेदेखि बन्द रहेको सुनचाँदी व्यवसाय मंगलबारदेखि सञ्चालनमा आउँदैछ ।

उपत्यकाको जिल्ला प्रशासन कार्यालयहरुले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार सुनचाँदी पसल खोल्न दिने निर्णय गरेपछि पसल सञ्चालनको तयारी थालिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

विश्व बजारमा सुनको भाउ ओरालो लाग्ने क्रममा देखिएको पनि बज्राचार्यले बताए । ‘खोपप्रति मानिसहरु विश्वस्त भएको देखिन्छ, अवस्था पुरानै लयमा फर्कियो भने सुनको भाउ तोलामा ८० देखि ९० हजारको बीचमा मात्रै रहने अवस्था आउँछ,’ महासचिव बज्राचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment