+
+
Shares

बाराको सिम्रौनगढ नगरपालिकाले ल्यायो ५४ करोडको बजेट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १९:२१

७ असार, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५४ करोड ७३ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार आयोजित पाँचौ नगरसभामा ५४ करोड ७३ लाख ५८ हजारको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।

५३ करोड ९२ लाख ५८ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको नगरपालिकाले ८१ लाख घाटा हुने गरी बजेट ल्याएको छ । प्रस्तुत बजेटमा वित्तीय समानीकरण अनुदान १४ करोड ७३ लाख, राजश्व बाँडफाँड ८ करोड ९४ लाख ५८ हजार, आन्तरिक आम्दानी २ करोड ६१ लाख, प्रदेशबाट ७५ लाख, अन्य प्रस्तावित आय ५ करोड गरी ३२ करोड ३ लाख ५८ हजार रुपैयाँ र २१ करोड सशर्त अनुदानतर्फ रकम आउने अनुमान गरेको छ । यी सबै जोड्दा कुल अनुमानित आय ५३ करोड ९२ लाख ५८ हजार हुन्छ ।

व्ययतर्फ चालु व्ययतर्फ ९ करोड भने पूँजीगत तथा कार्यक्रमतर्फ ५४ करोड ७३ लाख ५८ हजार रुपैयाँ छुट्याइएको छ । सामाजिक विकास क्षेत्र (शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रवद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ५ करोड, आर्थिक विकास (स्थानीय सडक, पुल, सिंचाई, भवन तथा शहरी विकास, उर्जा सञ्चार)तर्फ ११ करोड ४४ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड, संस्थागत विकास सेवा प्रवाह सुशासनतर्फ १ करोड, समपूरक १ करोड ९ लाख, सशर्त कार्यक्रमका लागि २१ करोड ८९ लाख गरी कुल ५४ करोड ७३ लाख ५८ हजार रुपैयाँ खर्च हुने नगरपालिकाको अनुमान छ ।

कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने, आर्थिक गतिविधि एवं विकास निर्माणको कामलाई तीव्रता दिने, नगरपालिकाको लोक कल्याणकारी भूमिकालाई सुदृढ बनाउने, सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने, सार्वजनिक स्रोत साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै उत्पादनशील नगरपालिका घोषणा गर्ने उद्देश्य नगरपालिकाले लिएको छ ।

नगरपालिकाले केन्द्र र प्रदेश सरकारहरुले जस्तै कर्मचारीलाई खुशी पार्न कार्यक्रम ल्याएको छ । नगरपालिकामा कार्यरत कर्मचारीको स्थानीय प्रोत्साहन भत्ता कार्य सम्पादनको आधारमा उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ ।

रोजगारी सृजना गर्न सरोकारवालासँगको सहकार्य र समन्वयमा घरेलु तथा साना उद्योग प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकता दिइने, गरिबी न्यूनीकरणका लागि लघु उद्यम विकास कार्यक्रमलाई नगरपालिका अनुकूल परिमार्जन गरी विपन्न परिवारलाई रोजगारीको अवसर सृजना गर्ने नीति सिम्रौनगढ नगरपालिकाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?