Comments Add Comment

युरोकप : अन्तिम १६ मा इटलीले अष्ट्रियासँग खेल्ने

८ असार, काठमाडौं । ११ देशमा भइरहेको युरोकप २०२० को तीनवटा समूह चरणका खेलहरु सकिएका छन् ।

जसमा समूह ए को विजेता बनेको इटलीले समूह सी को उपविजेता अष्ट्रियासँग खेल्ने भएको छ ।
इटली समूह ए मा सबै तीन खेल्दै क्लिनसिट राखेर नकआउट राउण्डमा पुगेको थियो ।

यस्तै अष्ट्रिया समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

तेस्रो पटक युरोकप खेलिरहेको अष्ट्रिया पहिलो पटक नकआउट राउण्डमा पुगेको हो ।

समूह ए बाट वेल्स उपविजेता बन्दै अन्तपम १६ मा पुगेको छ । उता नेदरल्याण्ड्स समूह सी को विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

नेदरल्याण्ड्सले अन्तिम १६ मा खेल्ने टिमको टुङ्गो लाग्न बाँकी छ ।

यस्तै समूह ए को उपविजेता वेल्स र समूह बी को उपविजेता डेनमार्क पनि अन्तिम १६ मा भिड्नेछन् ।

समूहको सुरुआती दुई खेल हारेपनि रुसलाई ४-१ ले हराएपछि डेनमार्क गोल अन्तरमा दुई टिमलाई पछि पार्दै नकआउट राउण्डमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment