+
+

देश र संविधान दुर्घटनामा जान दिइँदैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ८ गते ११:०३

८ असार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमले संविधान धरासायी हुने होकी भन्ने आशंका पैदा गरेको उनले बताए ।

देशै के हुने हो भन्ने जस्तो स्थिति आएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘धेरै नपाली जनता सचेत रहेकाले र राजनीति दलभित्र पनि नेता कार्यकर्ता राष्ट्र प्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जानै दिइँदैन । गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।’

झण्डै दुई तिहाइ बहुमतको नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न हुँदा आफूलाई दुःख लागेको उनले बताए ।

चितवनमा नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्न र पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका स्वर्गीय बुवाको सातौं दिनको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन प्रचण्ड चितवन आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?