+

सुरु भयाे क्रिकेट टिमकाे बन्द प्रशिक्षण

२०७८ असार  ८ गते १२:५६ २०७८ असार ८ गते १२:५६
सुरु भयाे क्रिकेट टिमकाे बन्द प्रशिक्षण

८ असार, काठमाडौं । स्कल्यान्ड, नामिविया र नेपालबीच हुने क्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारदेखि अभ्यास सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षक डेभ वाटमोरले यस नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन् । स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खंलाका लागि नेपाली टोलीले अभ्यास सुरु गरेको हो ।

जुलाई अन्तिम साता हुने श्रृङ्खलामा सहभागी हुने खेलाडी र अफिसियलको सोमबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै बन्द प्रशिक्षण सुरु भएको हो ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा पहिलो दिन यसअघि नेपाल क्रिकेट संघले जारी गरेका २० खेलाडीमध्येबाट १९ खेलाडीले अभ्यास गरे । पृथु बास्कोटा व्यक्तिगत कारण देखाएर प्रशिक्षणमा सहभागी भएनन् ।

कोरोना महामारीपछि अन्तर्राष्ट्रिय भ्रमण गर्ने लक्ष्यमा रहेको टोलीलाई अहिले मौसम प्रतिकुल भएको छ । एक दिवसीय खेलका लागि फिल्डमा गर्ने प्रशिक्षण मौसमका कारण समयमा नै हुन नसकेको कप्तान ज्ञानेन्द्र मल्लले बताए ।

प्रशिक्षक वाटमोरले मौसम अनुसारको तयारी गर्नुेपर्ने औंल्याए । उनले पहिलो पटक टोली सम्हाल्दा ट्वान्टी–२० खेलमा नेपालले नेदरल्यान्ड्स र मलेसियासँगको श्रृङ्खलामा उपाधि हात पारेको थियो । स्पेनमा हुने श्रृङ्खला भिन्न संरचनाको हुने भएकोले फरक रणनीति अनुसार अभ्यास गर्नुपर्ने बताए ।

लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज कोरोनाका कारण यस अघि नै स्थगित भएको थियो । पछिल्लो समय आईसीसीले परिमार्जन गरेको विश्वकप सहभागिता नयाँ ढाँचा अनुसार नेपालको बलियो सम्भावन रहेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले दीर्घकालीन योजना बनाएर कार्यान्वयन गरे नेपालको माथि उक्लने सम्भावना रहेको बताए ।

स्कटल्यान्डमा तय भएको खेलहरु विशेष कारण स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुँदैछ । आईसीसीले एकदिवसीय मान्यता दिएपछि यो मैदानमा पहिलो पटक सिरिज हुन लागेको हो । सन् २०२३ को विश्वकप छनौटका आधार रहेको लिग–२ प्रतियोगिताको शीर्र्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनौट खेल्ने मौका पाउनेछ ।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, सुशन भारी, विक्रम सोब, पवन सर्राफ सहभागी छन् ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय