
९ असार, काठमाडौं । नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ ।
बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्याले सेवाग्राही समस्यामा परेका छन् ।
मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ । यसो हुनुको कारण खुलेको छैन ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताए । ‘हाम्रा धेरै सिस्टम छन्, कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसकेको छैन । प्राविधिक साथीहरुले समस्या समाधानका लागि काम गरिरहनु भएको छ,’ उनले भने ।
उनका अनुसार बिहान साढे ६ /७ बजेदेखि फोन नलाग्ने समस्या आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4