Comments Add Comment

प्रहरीको जिल्ला नेतृत्वमा फेरबदल, कास्कीमा थापा

९ असार, काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयअनुसार भएको सरुवाबाट नेपाल प्रहरीका १५ जिल्लाका प्रहरी प्रमुखको फेरबदल भएको हो । एक वर्ष कार्यअवधि पूरा गरेकाहरुलाई क्षेत्रीले सरुवा गरेका हुन् ।

मंगलबार साँझ प्रकाशित सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय, कास्कीको जिम्मेवारी एसपी रमेश थापाले पाएका छन् । उनी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए । भक्तपुरको जिम्मा एसपी शिवकुमार श्रेष्ठलाई दिइएको छ ।

रुपन्देहीमा मनोजकुमार केसी, मोरङमा जनार्दन जिसी, कैलालीमा विश्व अधिकारी, बाँकेमा श्यामकृष्ण अधिकारी र सुनसरीमा सञ्जय सिंह थापा पठाइएका छन् ।

सिराहामा हिराबहादुर पाण्डेलाई जिम्मेवारी दिइएको छ भने दानबहादुर कार्की कलिवस्तु, दानबहादुर कार्की कपिलवस्तु, दिनेशराज मैनाली तनहुँ, नकुल पोखरेल धनकुटा, पदमबहादुर विष्ट सुर्खेत र महेन्द्र श्रेष्ठ इलाम पठाइएका छन् ।

सुरेशप्रसाद काफ्लेलाई दाङ र सुवासचन्द्र बोहोरालाई उदयपुरको जिम्मा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment