Comments Add Comment

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ सुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु भएको छ ।

मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसका लागि १५ घण्टाको समयसीमाबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् ।

मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सदस्य रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो पटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध ३० वटा रिट परेका छन् । रिट निवेदकहरुले तत्काल संसद पुनः स्थापना गर्न र १ सय ४६ सांसदहरुले समर्थन गरेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment