+
+
Shares

अफगानिस्तानको अस्पतालमा रकेट आक्रमण, कोरोना खोपलगायत स्वास्थ्य सामग्री जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ९ गते १३:१७

९ असार, काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त कुनारस्थित एक अस्पतालमा रकेट आक्रमण भएको छ ।

अफगानिस्तानको सरकारी अधिकारीका अनुसार उक्त आक्रमणमा चरमपन्थी संगठन तालिबानको हात रहेको हुन सक्ने अनुमान गरिएको छ ।

रकेट आक्रमणको कारण अस्पतालमा आगलागी भएको छ । आगलागीको कारण ठूलो क्षति भएको र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलागतयका महत्वपूर्ण स्वास्थ्य सामग्री जलेर नष्ट भएका छन् ।

त्यस्तै उत्तरी अफगानिस्तानको शिर खान बन्दर गाउँलाई आक्रमणकारीले आफ्नो कब्जामा लिएको छ ।

यो गाउँ ताजकिस्तानको सीमा क्षेत्रको सुख्खा बन्दरगाह हो । तालिबानले कब्जा गरेसँगै त्यहाँ कार्यरत सरकारी अधिकारी र सुरक्षाकर्मीहरु सीमा क्षेत्रबाट भागेका छन् ।

पछिल्लो केही सातायता अफगानिस्तानमा सरकारी सेना र तालिबानबीचको युद्ध बढेको छ ।

तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण पनि बढाइरहेको छ । अमेरिकी सेनाले अफगानिस्तान छाड्ने तरखर गरेसँगै अफगानिस्तानमा तालिबानले सरकारमाथिको आक्रमण तीव्र पारेको हो ।

तालिबानका प्रवक्ताले भने अस्पतालमा भएको आक्रमणमा संगठनको हात नरहेको दाबी गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?