
९ असार, जनकपुरधाम । सर्लाहीको इश्वरपुर नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर १३ श्रीनगरका ५५ बर्षीय रामााषिस महतोको हात्ती आक्रमणमा परी मंगलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगलबाट आएको हात्तीले घरको टाटी तोडेर भकारी भत्काउन थालेपछि उनका छोरा बुहारी आत्तिएर हल्ला गर्न लाग्दा महतो बाहिर निस्किएका थिए ।
त्यहीं क्रममा हात्तीले उनलाई घरदेखि १५ मिटर पश्चिम रुखको ठुटामा लगेर आक्रमण गरेको परिवारजनले जनाएको छ ।
हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका उनको लालबन्दीस्थित मोडेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4