Comments Add Comment

नेप्सेको दुई वेबसाइटमा फरक-फरक तथ्याङ्क, कुन आधिकारिक ?

फाइल तस्वीरः नेप्सेको कार्यालय अगाडि सूचना हेर्दै लगानीकर्ता ।

९ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को दुई वटा वेवसाइटहरु सञ्चालनमा छन् । दुबै वेवसाइट (नयाँ र पुरानो) मा सेयर बजार प्रत्यक्ष हेर्न सकिन्छ । दुई वेवसाइटमा देखिने तथ्यांक एउटै हुन् ।

तर बुधबारको कारोबारमा भने फरक देखियो । नेप्सेकेा पुरानो वेवसाइटमा सेयर कारोबार मापक नेप्से परिसूचक ५१.६५ अंकले बजार घट्यो । बधबार बजार २ हजार ८ सय ६२ दशमलव १८ विन्दुमा पुगेर बन्द भएको देखिन्छ । उता नयाँ वेवसाइटमा भने ५३.८८ अंकले घटेर २ हजार ८ सय ५९ दशमलव ९६ अंकमा झरेको छ ।

यी दुई वेवसाइटमा कसरी फरक तथ्यांक देखियो त ? नेप्सको प्रवक्ता मुराहरी पराजुली भन्छन्, ‘यो प्राविधिक समस्या हो, सिस्टममा रिफ्रेस नभएर त्यस्तो देखिएको हुनसक्छ ।’ कारोबार बन्द हुने वित्तिकै र केहि मिनेटपछि भने तथ्यांक तलमाथि हुन्छ । अपडेट हुनलाई केही समय लाग्ने भएकाले यस्तो हुने गरेको उनले बताए ।

तर बुधबार कारोबार बन्द भएको ४० मिनेटसम्म पनि यस्तो देखिनु प्राविधिक समस्या भएको र पुरानो वेवसाइटलाई विस्वास गर्नु पर्ने उनले बताए ।

‘खासमा आधिकारिक भनेको नयाँ होइन पुरानै हो, यसरी तथ्यांक फरक परेको अवस्थामा पुरानोलाई आधार मान्नुपर्छ’ प्रवक्ता पराजुलीले भने । बुधबार आज सबै समूहका परिसूचक नकारात्मक रहे । यसमा पनि सबैभन्दा बढी गुमाउनेमा विकास बैंक समुहका लगानीकर्ता परे । जलविद्युत, जीवन बिमा र होटेल समुहमा समेत पहिरो गयो । सेन्सेटिभ इन्डेक्समा ७.३७ अंकको करेक्सन देखियो ।

बुधबार कुल २१८ कम्पनीको ९१ हजार ७५ वटा कारोबार भएको छ । कुल १ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता सेयर किनबेच भएको दिन बुधबार कारोबार रकम भने साढे ८ अर्बमा खुम्चिएको छ ।

बजार लगातार घटेको समयमा पनि कारोबार रकम १० अर्ब भन्दामाथि हुने गरेको थियो । आज ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment