Comments Add Comment

मलिकासँग फिल्म खेल्दै पल, प्रकृतीसँग कहिले ?

म्यूजिक भिडियोमा होस् या फिल्ममा, कुनै जोडी हिट भएपछि उनीहरुमाथि लगानी गर्न जोकोही पनि कस्सिन्छन् । कुनै समय नेपाली चलचित्रमा यस्तै केही जोडी थिए, जसका चलचित्र हिट भएपछि अन्य निर्माताले पनि उनीहरुलाई एकसाथ पर्दामा देखाए । पछिल्लो केही बर्षयता बलियो भन्दै गएको नेपाली म्यूजिक भिडियो बजारमा पनि केही जोडी बेलावखत जन्मने गर्छन्, जसलाई दर्शकले निकै माया गर्छन् ।

३ वटा म्यूजिक भिडियो हिट भएपछि दर्शकले निकै रुचाएको नायक पल शाह र नायिका मलिका महत्तको जोडीलाई केन्द्र मोसन पिक्चर्सले ठूलो पर्दामा उतार्ने तयारी गरेको छ ।

केन्द्र मोसनले त पल र मलिकालाई अन्य ब्यानरका चलचित्र र भिडियोमा अभिनय नै गर्न नपाउने गरी संझौता नै गरिसकेको छ । यसैले, पल र मलिकाको जोडी चाडै नै चलचित्रको पर्दामा देखिने तयारीमा छन् ।

नेपाली म्यूजिक भिडियोमा नायक पल शाह र नायिका प्रकृती श्रेष्ठको जोडी पनि हिट मानिन्छ । उनीहरुले आज भन्दा ७ बर्ष अगाडि आधा दर्जन भिडियोमा काम गरे । यो जोडी निकै हिट भयो ।

यही जोडीले अभिनय गरेको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । यो भिडियोलाई पनि दर्शकले रुचाइरहेका छन् ।

अनौठो कुरा के छ भने, यो जोडीलाई लिएर आजसम्म कसैले चलचित्र बनाउने तयारी भने गरेको छैन । प्रकृती बिहे गरेर अष्ट्रेलिया गएपछि यो जोडी एकसाथ चलचित्रमा देखिन समस्या भएको हो । तर, प्रकृतीले चलचित्र ‘बिहे पास’बाट चलचित्रमा कमब्याक गरिसकेकी छिन् ।

म्यूजिक भिडियोमा निकै नै रुचाइएको पल र प्रकृतीको जोडी चलचित्रमा आउँदा, दर्शकमा पक्कै पनि एकप्रकारको उत्साह त हुने नै छ । तर, यो जोडीलाई ठूलो पर्दामा देखाउन कुन निर्माता अघि सर्लान् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment