Comments Add Comment

कोपा अमेरिका : फिर्मिनो र कासेमिरोको गोलमा ब्राजिलको पुनरागमन जित

१० असार, काठमाडौं । घरेलु मैदानमा भइरहेको कोपा अमेरिका फुटबलमा ब्राजिलले पुनरागमन गर्दै कोलम्बियालाई पराजित गरेको छ।

बिहीबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै कोलम्बियालाई २-१ ले पराजित गरेको हो ।

ब्राजिलका लागि कासेमिरोले इन्जुरी टाइमको दशौँ मिनेटमा निर्णायक गोल गरे ।

त्यसअघि निल्टन सान्तोस मैदानमा लुइस डियाजले दशौँ मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।

एक गोलले पछि परेको बेला फिर्मिनोले ७८ ‍औँ मिनेटमा ब्राजिलका लागि बराबरी गोल गरेका थिए । विवादित बनेको उक्त गोललाई भिएआरको सहयोगमा गोल मान्यता दिइएको थियो ।

बराबरीतर्फ अघि बढेका खेलमा कासेमिरोले नेमारको पासमा इन्जुरी टाइममा विजयी गोल गरे ।

यस जितपछि ब्राजिल ३ खेलबाट ९ अंकसहित समूह बी को शीर्ष स्थानमा छ । साथै ब्राजिल १० खेलमा अपराजित छ । ब्राजिल यसअघि नै क्वाटरफाइनल पुगिसकेको छ ।

कोलम्बिया ४ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा पेरु र इक्वेडरले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

पेरुले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै खेल बराबरी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment