
१० असार, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेको छ । बिहीबार न्यु साउथ वेल्सले दिएको जानकारीअनुसार बुधबार कम्तीमा ११ नयाँ संक्रमित फेला परेका छन् ।
संक्रमित हुनेमा न्यु साउथ वेल्सका कृषिमन्त्री पनि छन् । न्यु साउथ वेल्समा पछिल्लो समय फैलिएको संक्रमणबाट संक्रमित हुनेको संख्या ४९ पुगेको छ ।
पछिल्लो समय भेटिएकामध्ये कम्तीमा ३६ जना संक्रमित बोन्डी समुद्री किनारामा भएको कार्यक्रममा सहभागी भएको पाइएको छ । उनीहरुमध्ये कृषिमन्त्री एडम मार्सल पनि थिए । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
यसअघि न्यु साउथ वेल्सका स्वास्थ्यमन्त्रीले कोरोना संक्रमित अझै भेटिन सक्ने बताएका थिए । बुधबार न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले सिड्नीमा अर्को लकडाउन हुन सक्ने चेतावनी दिएकी थिइन् । कोरोना संक्रमण बढेसँगै न्यु साउथ वेल्सले कोरोना परीक्षण पनि बढाएको छ ।
यसअघि नै न्यु साउथ वेल्सले कोरोना संक्रमण नियन्त्रणको लागि विभिन्न जनस्वास्थ्यका मापदण्डसहितको प्रतिबन्ध लागू गरिसकेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4