Comments Add Comment

बुटवल उपमहानगरको बजेट साढे २ अर्ब ५३ करोड

१० असार, बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ५३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख गुमादेवी आचार्यले चालुतर्फ ३९.७७ प्रतिशत र पुँजीगत खर्च ५९.९८ प्रतिशत हुनेगरी उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

बजेटमा आन्तरिक स्रोतबाट ७१ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ । यस्तै राजस्व बाँडफाँटबाट २५ करोड ५७ लाख ६८ हजार, ऋणबाट ५ करोड, गत आवको अ.ल्या.५० करोड रहेको छ ।

सामाजिक विकास, पूर्वाधार, आर्थिक विकास, विपत व्यवस्थापन तथा वातावरण तथा सुशासन एवं अन्तर सम्बन्ध र कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यलगायतका विषयगत क्षेत्रमा बजेट विनियोजन गरिएको आचार्यले बताइन् ।

कोभिड–१९ को महामारीका कारण सिर्जित परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment