+
+

मकवानपुरमा आइतबारदेखि सरकारी कार्यालय खुल्ने

रासस रासस
२०७८ असार ११ गते १४:३०

११ असार, बागमती । मकवानपुरमा आइतबारदेखि सम्पूर्ण सरकारी कार्यालय खुल्ने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार  स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

जिल्लामा एक हजारभन्दा बढी कोरोनका सक्रिय संक्रमित रहेकाले उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न सबै कार्यालय प्रमुखहरुलाई परिपत्र गरिएको उनले बताए ।

प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न प्रशासनले भनेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?