Comments Add Comment

फिफाको महिला वरीयतामा नेपालको एक स्थान सुधार

फाइल तस्वीर

११ असार, काठमाडौं । फिफा महिला फुटबल वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १००औं स्थानमा उक्लेको छ ।

यसअघि नेपाल १०१औं वरीयतामा थियो । नेपालको १ हजार २ सय अंक रहेको छ ।

दक्षिण एसिया नेपाल भारतपछि दोस्रो स्थानमा छ भने एसियामा २१औं स्थानमा छ । भारत ५७औं स्थानमा छ ।

नेपालले आगामी सेप्टेम्बरमा एएफसी वुमन्स एसियन कप छनोट खेल्दैछ । त्यसमा समूह एफमा रहेको नेपालले घरेलु मैदानमा हङकङ र फिलिपिन्ससँग खेल्नेछ । फिलिपिन्स ६८औं र हङकङ ७६औं स्थानमा यथावत छन् ।

विश्व वरीयतामा भने अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्वीडेन पाँचौं, इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment