Comments Add Comment

सुर्खेतको सालकोटमा विशेषज्ञ सेवा दिन ‘मोबाइल शिविर’ सञ्चालन हुँदै

११ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतको पश्चिम क्षेत्रमा रहेको सालकोटमा विशेषज्ञ स्वास्थ्य सेवा दिन ‘मोबाइल शिविर’ सञ्चालन गर्ने भएको छ ।

सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले असार १५ गतेबाट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत मोबाइल शिविर सञ्चालन गरिने बताए । ‘सामान्य बिरामी हुँदा पनि वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ, अब प्रदेश सरकारले मोबाइल शिविरमार्फत नागरिकहरुलाई घर–आँगनमा विशेषज्ञ सेवा दिन्छ,’ उनले भने ।

वर्षायामको समय भएकाले असार र साउन महिनामा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन् । भदौबाट साप्ताहिक सेवा सुरु गरिने मन्त्री बुढाक्षेत्रीले बताए ।

सालकोट स्वास्थ्य चौकी चौकुने र बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र हो । सालकोटमा विशेषज्ञ सेवा सुरु भए छिमेकी जिल्ला अछाम र कैलालीका नागरिकहरुले पनि सहज स्वास्थ्य सेवा पाउनेछन् ।

मन्त्री बुढाक्षेत्रीका अनुसार ‘मोबाइल शिविर’बाट बालरोग, स्त्रीरोग, नाक, कान र घाँटी, फिजिसियन लगायतका सेवा दिइने छ । छिट्टै सालकोट स्वास्थ्य केन्द्रलाई औषधि र उपकरणसम्पन्न बनाइने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment