+
+

तामाकोशी प्रसारणलाइन न्यु-खिम्ती सबस्टेसनमा जोडिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १२ गते ९:४०

१२ असार, काठमाडौं । राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको तयारी शुरु भएपछि प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम शुरु भएको छ।

तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । यसअघि नयाँ सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको नयाँ सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ।

खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन यही असार १३ गतेदेखि १९ गतेसम्म बन्द गरेर अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको अपर तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।

यो काम गर्दा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुनसक्ने प्राधिकरणले सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।  यस परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी व्यवस्थापन नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

विद्युत भारप्रेशण केन्द्रका प्रमुख सुरेश भट्टराई खिम्ती-लामोसाँघुबाट प्रसारण हुने बिजुली ढल्केबर पठाएर वैकल्पिक माध्यमबाट काठमाडाैं ल्याइने बताउँछन् । ‘घरेलु ग्राहकमा कुनै असर पर्दैन, उनले भने २ वटा बाटो भएर ल्याइने बिजुली एकातर्फबाट ल्याउँदा यदाकदा उद्योगमा समस्या पर्न सक्छ, तर कुनै पनि समस्स्या नपरोस् भनेर हामी सचेत छाैं ।’

उनले प्रशारण र वितरण चुस्त राखेर साे काम सम्पन्न गर्न प्रयास गरिने बताए । ‘कुनै समस्या परिहाल्छ कि भनेर मात्रै पूर्वसूचना  दिएका हाैं, त्यस्तो समस्या परेपनि घरेलु ग्राहक प्रभावित हुने अवस्था रहन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?