Comments Add Comment

यातना दिनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : राष्ट्रिय मानव अधिकार आयोग

१२ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न आग्रह गरेको छ ।

यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको दिन शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको हो ।

आयोगले पछिल्लो समयमा व्यक्तिलाई पक्राउ गरी जानकारी लिने वा साविती गराउने नाममा जुम्ला, रौतहट, चितवनलगायतका जिल्लाहरुमा यातनाका कारण मृत्यु भएको भनी उजुरी आएको बताएको छ ।

अनुगमनको क्रममा देशका सबैजसो कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा सरसफाइ, खानेपानीलगायतमा देखिएको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

सशस्त्र द्वन्द्वको समयमा यातनाबाट हजारौं व्यक्ति पीडित भएको भन्दै आयोगले पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको लागि सरकारलाई सिफारिस गरेपनि पीडिते क्षतिपूर्ति पाएको तर दोषीलाइ कारबाही अत्यन्तै न्युनमात्र भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment