Comments Add Comment

भारतसँग मित्रता चाहेका हौं, मालिक र गुलामको सम्बन्ध होइन : उपेन्द्र यादव

१२ असार, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् । आफूहरु भारतविरोधी नभएको, तर मित्रताको सम्बन्ध होस् भन्ने चाहेको उनले बताए ।

सप्तरीको राजविराजमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका यादवले भने, ‘हामी भारतको मित्र हौं । भारतविरोधी हुन सक्दैनौं, कुनै नोक्सान पनि पुर्‍याउन सक्दैनौं । तर हामी मित्र छौं मित्रकै व्यवहार हुनुपर्छ ।’

नेपालको आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार नेपालीहरुकै भएको यादवले बताए । ‘मेरो मित्र हुनुहुन्छ । तपाईंको घरमा मैले खटनपटन गर्न चाहेँ भन्ने स्वीकार गर्नुहुन्छ ? स्वीकार गर्नु हुन्न नि !’ उनले अघि भने,  ‘यस्तो मित्र चाहिँदैन भनेर लठी लिएर आउनुहुन्छ नि ! अहिलेको सवाल यही हो ।’

आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार कुनै हालतमा नछाड्ने भन्दै यादवले भने, ‘यो अधिकार छाडेर कस्तो मित्रता हुन्छ ? मालिक र गुलामको सम्बन्ध हुन्छ । जमिन्दार र हरुवा चरुवाको सम्बन्ध हुुन्छ । र, यसबाट भारतलाई पनि फाइदा हुँदैन ।’

मित्रता र दासत्वमा फरक रहने भन्दै उनले आफूहरुले सबै देशसँग मित्रता, सहयोग र सद्भाव चाहेको बताए । आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार कुनै हालतमा नछाड्ने भन्दै यादवले भने, ‘यो अधिकार छाडेर कस्तो मित्रता हुन्छ ? मालिक र गुलामको सम्बन्ध हुन्छ । जमिन्दार र हरुवा चरुवाको सम्बन्ध हुुन्छ । र, यसबाट भारतलाई पनि फाइदा हुँदैन ।’ मित्रवत सम्बन्ध नै भारतको हितमा हुने उनले बताए ।

आफ्नै पार्टीका महन्थ ठाकुर पक्षका नेताहरु तर्फ संकेत गर्दै उनले विहान साँझ नै (भारतीय) दूतावासमा जाने गरेको बताए । कोही दिल्ली, पटनासमेत गएको भन्दै यादवले यस्ता गतिविधिले भारतको समेत हित नहुने बताए ।

संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने प्रगतिमनकारी कदम कुनै हालतमा स्वीकार्य नहुने यादवले बताए । ‘लोकतन्त्र र संघीयता रहे न मधेसले अरु अधिकार पाउँछ, यो नभए के पाउनु ? लडाई यहीँ छ’ पार्टीको विवादतर्फ संकेत गर्दै उनले भने, ‘उनीहरुले हँ मालिक, फलानोले त विरोध गर्छ । नोट ल्याउनुस्, हामी उसलाई ठीक पार्छु भन्न सक्छ । यसले केही हुँदैन ।’

जनता समाजवादी पार्टीमा आफूहरु संघीयता, लोकतन्त्र र राष्ट्रको हितमा खडा भएको भएको भन्दै यादवले आफूहरु कसैको विरोधी वा पक्षधर नभएको बताए । ‘जसलाई गुलाम बन्नुछ बनोस्, हामीलाई केही भन्नु छैन’ उनले भने, ‘हामी नो प्रो चीन, नो प्रो इन्डियन । हामी त प्रो नेपाली, प्रो मधेसी ।’

प्रधानमन्त्री ओलीले एउटासँग अर्कोको विरोध गर्ने गर्दा देशले दुःख पाएको उनले बताए । एमाले अध्यक्षसमेत रहेका ओलीले संसदमा उभिएर सत्यमेव जयतेलाई सिंहमेव जयते भारतीय विस्तारवादी भनेर भाषण गरेको स्मरण गर्दै यादवले भने, ‘आज ओली कसरी उनको मित्र भए ? यो गजब छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
श्रवण देव

ट्रेन्डिङ

Advertisment