+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चिकित्सक संघले भन्यो : गम्भीर औषधिको दुरुपयोग बढ्यो, बेलैमा नियन्त्रण गर

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १२ गते १९:४२

१२ असार, काठमाडौं । नेपाल चिकित्सक संघले पछिल्लो समय एन्टिवायोटिक्स लगायतका गम्भीर किसिमका औषधिको दुरुपयोग बढ्दै गएको भन्दै सरकारलाई बेलैमा नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ ।

संघले शनिबार विज्ञप्ति जारी गरी एन्टिमाइक्रोविएल्स र एन्टिवायोटिक औषधिहरुको बढ्दो दुरुपयोग रोक्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना औषधि प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ ।

महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गरी भनेका छन् ‘….नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना एन्टिवायोटिक्स, स्टेरोइड्स, सेडाटिभ्सलगायतका गम्भीर किसिमका एलोपेथिक औषधिहरुको प्रयोगलाई पूर्ण रुपमा निषेध गर्नका लागि अविलम्ब अनुगमन गरी नियन्त्रणका उपाय अपनाउनुपर्ने ।’

चिकित्सक संघले आधुनिक चिकित्साको हवाला दिँदै भित्रिएका वैज्ञानिक रुपमा प्रमाणीकरण नभएका उपचार पद्धतिको अस्वाभाविक प्रचार प्रसार रोक्न पनि माग गरेको छ । त्यस्तै नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले चिकित्सक भनी भ्रामक प्रचार प्रसार गरेको र उपचार प्रक्रियामा पनि समावेश भएको भन्दै उनीहरुमाथि छानबिन गर्न र रोक लगाउन पनि संघले माग गरेको छ ।

यस्ता समस्याको बेलैमा समाधान नहुने हो भने समस्या बढ्दै जाने भन्दै संघले यसले समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै गम्भीर असर पार्ने बताएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?