Comments Add Comment

ढाकाको मलमल : जो धर्तीमा २०० वर्षसम्म सर्वाधिक महँगो कपडाको रूपमा रह्यो

ढाकाको मलमल २०० वर्षसम्म यस धर्तीको सर्वाधिक मूल्यवान कपडाको रूपमा रह्यो । राजा-महाराजा र सम्भ्रान्तहरूले यसको प्रयोग गर्थे । विश्व बजारमा यसको ख्याति लोभलाग्दो थियो । त्यसताका सम्भ्रान्त व्यक्तिहरू ढाकाको मलमलबाट बनेको पहिरन लगाउन लालायित हुन्थे ।

जतिबेला लन्डनको शहरमा तन्नेरीहरू मलमलको कपडा लगाउँदा गर्व गर्दै हिंड्दै थिए, ठीक त्यही बेला यता मलमल उत्पादन गर्ने हातहरू शिथिल र निराश हुँदै थिए । घरेलु उपकरणको सहयोगमा स्थानीय मान्छेहरूले तयार गरिरहेका मलमलको उत्पादकमाथि ब्रिटिश बिचौलियाहरूकाे निरन्तर  दुर्व्यवहार रह्यो । अन्ततः मानव सभ्यताकै एउटा हिस्सा बनेको मलमलको गर्विलाे इतिहासको पटाक्षेप भयो ।

आखिर किन ?

यसै सन्दर्भमा बीबीसीले एउटा आलेख छापेको छ ।

ढाकाको मलमलको यात्रा लामो रह्यो । कुनैबेला यो सर्वाधिक गुणस्तरीय कपडामा दरिएको थियो, साथसाथै महँगो पनि । तर, समयक्रममा यो कपडा हराएर गयो । अहिले फेरि यो कपडाको महिमा गान गाउन थालिएको छ ।

विश्व बजारमा एकछत्र आफ्नो पकड जमाएको, राजा-महाराजादेखि सम्भ्रान्तहरूले औधी मन पराएका, अत्यन्तै मिहिनेत साथ घरेलु महिलाहरुले तयार गरेका ढाका मलमल कसरी दुई सय वर्षपछि गायब भयो ?

ग्रीसमा देवीदेवताको मूर्तिदेखि मुगल सम्राटसम्मले प्रयोग गर्ने

हजारौं वर्षसम्म यो कपडाको एकछत्र बजार रह्यो । विश्वभर नै यस कपडा मन पराइए । प्राचीन ग्रीसमा देवी देवताको मूर्तिमा मलमलको कपडा पहिर्‍याइन्थ्यो । कतिपय मुलुकका साम्राज्ञीको कपडा मलमलबाट तयार हुन्थ्यो । भारतीय उप-महाद्वीपमा राज गर्ने मुगल बादशाह र धनाढ्यहरूको बस्त्र पनि यही कपडाबाट तयार गरिन्थ्यो ।

विश्व फेसन बजारमा यसले अभूतपूर्व छाप छाड्न सफल भयो । विशेषत: ढाकाको मलमल शाही घरानासम्मको प्रतीक बन्यो ।

सूतीको मिहीन धागोबाट तयार ढाका मलमल विश्वको विभिन्न भागमा निर्यात हुन्थ्यो । ८ औं शताब्दीमा ढाकाको सूती बस्त्र अरब र त्यसपछि चीन हुँदै विश्वभर फैलियो ।

कसरी तयार हुन्थ्यो ?

ढाकाको मलमल विभिन्न सोह्र चरणपछि प्रशोधन गरिन्थ्यो । यो त्यही कपासबाट तयार गरिन्थ्यो, जुन बंगलादेशको (तत्कालीन भारतीय बंगला) मेघना नदीको किनारमा उत्पादन हुन्थ्यो । हातले तयार गरिने मलमल एकदमै मिहीन धागोबाट तयार हुन्थ्यो ।

ढाका मलमल तयार गरिने कपास अन्य क्षेत्रको भन्दा भिन्न थियो । यसलाई तयार गर्नका लागि विभिन्न घरेलु उपकरण उपयोग गरिन्थ्यो । स्थानीय महिलाहरुले अलि ओसिलो ठाउँमा बसेर मलमलको धागो तयार गर्थे ।

विश्व नै लोभिएको थियो

मलमलको कपडासम्बन्धी केही किस्सा छन् । राजदबारका कविले यसबाट प्रभावित भएर यसको नाम ‘बुनिएको हावा’ राखिदिएका थिए । भनिन्छ, यो कपडा हावा जस्तै हल्का हुन्थ्यो ।

यो यति मिहीन हुन्थ्यो कि ३०० फिट लामो कपडाको टुक्रालाई औंठीमा राख्न लुकाउन सकिन्थ्यो ।

सन् १८५१ मा नै एक गज मलमलको मूल्य ५० देखि ४०० पाउन्डबीच हुन्थ्यो । अहिलेको हिसाबले यो सात हजारदेखि ५६ हजार पाउन्डको हुन्छ । त्यसैले मलमलको कपडा राजदरबारमा बढी प्रयोग हुन्थ्यो । फ्रान्सका महारानी मेरी एन्टोनेटदेखि साम्राज्ञी बोनापार्ट र अस्टिनसम्म मलमलको कपडा लगाउँथे ।

खासगरी त्यसबेला मलमलको साडी वा जामा (कुर्ता) बनाउन प्रयोग गरिन्थ्यो । यद्यपि ब्रिटेनमा यो सम्भ्रान्त वर्गका लागि कपडा बनाइन्थ्यो । यो यति पारदर्शी हुन्थ्यो कि कहिलेकाहीं मलमलको कपडा लगाएका व्यक्ति हाँसोको पात्र बन्थे ।

तैपनि ढाकाको मलमलको लोकप्रियतामा कमी आएन । जो व्यक्ति यसलाई खरीद गर्न सक्थे, उनीहरुले लगाउँथे । त्यसबेलाका सर्वाधिक महँगो कपडा थियो । सन् १८५१ मा नै एक गज मलमलको मूल्य ५० देखि ४०० पाउन्डबीच हुन्थ्यो ।

अहिलको हिसाबले यो सात हजारदेखि ५६ हजार पाउन्डको हुन्छ । त्यसैले मलमलको कपडा राजदरबारमा बढी प्रयोग हुन्थ्यो । फ्रान्सका महारानी मेरी एन्टोनेटदेखि साम्राज्ञी बोनापार्ट र अस्टिनसम्म मलमलको कपडा लगाउथे ।

तर, जब यो कपडा नव जाग्रत युरोपसम्म पुग्यो, तब यसको पतन शुरु भयो ।

एशियाको चमत्कार थियो मलमल 

२० औं शताब्दीको शुरुमा ढाकाको मलमल दुनियाँबाट हराउने क्रममा थियो । जति बाँकी थियो, त्यो निजी संकलन र संग्रहालयमा थियो ।

जुन स्थानीय कपासबाट यसको धागो बन्थ्यो, त्यो पनि अचानक विलुप्त भयो । यो एकमात्र कपास थियो, जसबाट मलमलको यो कपडा तयार हुन्थ्यो । आखिर कसरी यस्तो भयो ?

के अब यस कपासलाई फेरि पनि उत्पादन गर्न सकिएला ? ढाकाको मलमलमा प्रयोग हुने कपासको खेती मेघना नदीको किनारमा हुन्थ्यो । यसको बोट वर्षमा दुई पटकसम्म फुल्थ्यो ।

यसबाट एकदमै सेतो हल्का कपास निस्कन्थ्यो । यो कुनै साधारण धागो थिएन । दक्षिण अमेरिकामा लगभग यस्तै किसिमको प्रजातिबाट जुन धागो तयार हुन्थ्यो, त्यो धागो गाँठो भएको र कमजोर हुन्थ्यो ।

लम्बाइमा छोटो यो धागो औद्योगिक मेसिनबाट तयार हुने सस्तो कपडा जस्तो लायक थिएन । मेसिनमा यो धागो टुक्रिन्थ्यो।

खासगरी स्थानीय व्यक्तिले हजारौं वर्षदेखि विकसित सरल घरेलु उपकरणबाट यसको धागो निकालिन्थ्यो । यो प्रक्रिया निकै लामो र झन्झटिलो हुन्थ्यो । यसको धागो निकाल्ने प्रक्रिया विभिन्न १६ चरणमा हुन्थ्यो । धागो तयार गर्नका लागि स्थानीय गाउँलेहरू सबैले काम गर्थे ।

यो एकदमै सामुदायिक काम थियो । यसमा युवा, बुढा, महिला, पुरुष सबै सामेल हुन्थे । धागो तयार गर्नका लागि एकदमै ओसिलो ठाउँ आवश्यक हुन्थ्यो ताकि यसलाई सजिलै तन्काउन सकियोस् । यसैले यो काम ढुंगामा गरिन्थ्यो । एकदमै बिहान र साँझ ढल्किएको समयमा यो काम हुन्थ्यो, जुन समय बढी चिसो हुन्छ ।

बुढापाकाहरु सुती काट्दैन’थे, किनभने उनीहरुको कमजोर आँखाले यो मिहीन धागो सही ढंगले देख्न सक्दैन’थे ।

ढाकाको मलमल यति शानदार थियो कि यस क्षेत्रमा आउने मान्छेहरुलाई यस कुराको विश्वास नै हुन्थे, जुन हातले बनाएको हो । कतिले त के भन्थे भने यो जलपरी, परी वा भूतले बनाएको हो ।

मलमल यति मुलायम र हल्का हुन्थ्यो कि, जो अहिले कुनै पनि कपडा हुँदैन ।

एक फोटो एजेन्सी चलाउने रीसरेक्ट द फेब्रिकका प्रोजेक्ट लिडर सैफुल इस्लाम भन्छन्, ‘अहिले जुन मलमल आएको छ, त्यसको थ्रेड काउन्ट चालीसदेखि असीसम्म छ । जबकि ढाकाको मलमलको थ्रेड काउन्ट ८ सयदेखि १२ सयको बीचमा हुन्थ्यो । यसैले यसको गुणवत्ता बताउँछ ।’

कसरी बर्बाद भयो ?

मुगलकाल मलमलको लागि सबैभन्दा राम्रो समय थियो । मुगल वादशाह र उनका रानीले मलमललाई खुब संरक्षण गरे । त्यसबेला फारस (अहिले इरान), इराक र मध्यपूर्व देशसम्म मलमलको व्यापार हुन्थ्यो ।

जतिबेला लन्डनमा मान्छेहरु मलमलको कपडा लगाएर गर्व महसूस गरिरहेका थिए, ठीक त्यही समयमा यसका उद्योग ऋणमा डुबेर आर्थिक हिसाबले बन्द हुने स्थितिमा थियो ।

१८ औं शताब्दीमा इष्ट इन्डिया कम्पनीले मलमल बनाउने नाजुक प्रक्रियाको फाइदा उठाउन थाले । सबैभन्दा पहिले मलमलको स्थानीय खरिदारलाई हटाएर यसलाई आफूहरूले खरीद गर्न थाले । उनीहरूले पूरा कारोबारमै कब्जा जमाए । अतः मजदूरलाई थोरै पारिश्रमिकमा धेरै कपडा बुन्नका लागि दबाब दिन थाले ।

जबकि यो काम निकै मुस्किल थियो । कपास तयार गर्नका लागि खास किसिमको दक्षता चाहिन्थ्यो । यो एकदमै श्रम साध्य र खर्चिलो प्रक्रिया थियो । एकदिनभर पूरा काम गर्दा पनि आठ ग्राम कपडा तयार गर्न सकिंदैनथ्यो ।

यद्यपि खरीद गर्ने बिचौलियाले विशेष गुणस्तरको कपडा बुन्नका लागि भन्दै पैसा एड्भान्स दिन्थे र उक्त गुणस्तरको नभएमा पैसा फिर्ता लिन्थे । एकातिर धेरै कपडा उत्पादन गर्नुपर्ने, अर्कोतिर गुणस्तर पनि ।

पछि ब्रिटिश बिचौलियाले यसका लागि ठूलो मेसिन प्रयोग गरेर धेरैभन्दा धेरै उत्पादन लिने निर्णय गरे ।

यस हिसाबले दशकौंसम्म यस उद्योगमाथि भएको दुर्व्यवहार र आयतित कपडाको माग घट्न थालेपछि ढाकाको मलमल उद्योग बन्द भयो । पछि यहाँ युद्ध, गरीबी र भूकम्पले थप तहसनहस बनायो । अन्ततः मलमलको पूरा कारोबार चौपट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment