१३ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत क्रोएसियाका इभान पेरिसिचले स्पेनविरुद्धको नकआउट चरणको खेल गुमाउने भएका छन् ।
कोरोना पोजेटिभ देखिएपछि फरवार्ड पेरिसिचले अन्तिम १६ मा स्पेनविरुद्ध खेल गुमाउने भएका हुन् । युरो अन्तर्गत क्रोएसियाले सोमबार स्पेनसँग खेल्दैछ ।
क्रोएसियन फुटबल संघले पेरिसिचलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । ३२ वर्षीय पेरिसिच अब १० दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने क्रोएसियन फुटबल संघले जनाएको छ ।
समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ ले पराजित गर्दा पेरिसिचले पनि गोल गरेका थिए ।
क्रोएसियाका अरु सबै खेलाडी र अफिसियलको रिपोर्ट नेगेटिभ आएको छ ।
क्रोएसिया टिम जुन २७ मा चार्टर फ्लाइटमा डेनमार्कको कोपनहेगन प्रस्थान गर्नेछ । जहाँ क्रोएसियाले स्पेनसँग खेल्नेछ ।
प्रतिक्रिया 4