+
+
Shares

सहयोगीलाई चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्यमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते १३:१९

१३ असार, काठमाडौं । भौतिक दूरीको नियम अवज्ञा गर्दै आफ्नै सहयोगीलाई चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्यमन्त्री म्याट हेनककले राजीनामा दिएका छन् ।

लकडाउनको समयमा उनले कार्यालयकी सहयोगीलाई चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि उनको आलोचना भएको थियो ।

शनिबार बेलायतको प्रधानमन्त्री कार्यालयले हेनककले बुझाएको राजीनामा पत्र सार्वजनिक गरेको हो । प्रधानमन्त्री बोरिस जोन्सनलाई बुझाएको राजीनामा पत्रमा हेनककले भनेका छन्, ‘हामीले मुलुकमा महामारीविरुद्ध लड्नका लागि निकै कडा मेहनत गरेका थियौं ।उनले आफ्नो व्यक्तिगत जीवनले संकटबाट बाहिर निस्किनलाई गरिरहेको कामबाट ध्यान भंग गरेको भन्दै राजीनामा दिने निर्णय गरेको बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले स्वास्थ्यमन्त्रीबाट यस्तो पत्र पाउँदा दुःख लागेको बताएका छन् । हेनकक पछिल्लो तीन वर्षदेखि बेलायतको स्वास्थ्यमन्त्री थिए । कोरोना महामारी नियन्त्रणको लागि सुरुआतमा उचित कदम चाल्न नसकेको भन्दै उनको आलोचना भएको थियो ।

यद्यपि जोन्सनको सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई भने तीव्रता दिएको छ । अहिलेसम्म बेलायतमा ८४ प्रतिशत वयस्क नागरिकले कोरोना खोपको कम्तीमा एक डोज लगाएका छन् भने ६१ प्रतिशतले पूरा डोज खोप लिइसकेका छन् ।

बेलायतका पूर्व अर्थमन्त्री साजिद जाभिदलाई हेनककको स्थानमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?