+
+
Shares

डेढ महिनादेखि बन्द टेलिसिरियल ‘हर्के हल्दार’ आजदेखि प्रशारणमा आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते १४:३३

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण डेढ महिनादेखि बन्द रहेको हाँस्य टेलिसिरियल ‘हर्के हल्दार’ आजदेखि प्रशारणमा आउने भएको छ । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै टेलिसिरियल नियमित प्रशारणमा आउन लागेको हो ।

टेलिसिरियलका निर्देशक एवं कलाकार ईन्द्र दोङ् लामाले निषेधाज्ञा खुकुलो भएसंगै टेलिसिरियलको छायाँकन गरिएको बताए । ‘टेलिसिरियलका अधिकांश कलाकार काठमाडौंमै हुनुहुन्थ्यो । घर जानुभएका कलाकारहरु पनि फर्किनुभयो र छायाँकन गर्यौं, उनले भने ‘आज बेलुकादेखि टेलिसिरियल नियमित प्रशारणमा आउँछ ।’ आफ्नै स्टुडियोका कारण टेलिसिरियलको छायाँकनमा गाह्रो नभएको समेत लामाले बताए ।

शिव शर्माको लेखन, विष्णु सापकोटा र ईन्द्र दोङ लामाको निर्देशन रहेको टेलिसिरियलमा विष्णु सापकोटा शीर्ष भूमिकामा प्रस्तुत हुँदै आएका छन् । त्यस्तै शिवहरी बैरागी, रोशनी सापकोटा, सुरेन्द्र केसी, शिव शर्मा, ईन्द्र दोङ लामा, सरु दाहाल लगायतका कलाकारको अभिनय रहँदै आएको छ । टेलिसिरियल कान्तिपुर टेलिभिजनमा हरेक आईतबार बेलुका ९ बजे प्रशारण हुँदै आएको छ । टेलिसिरियललाई दर्शकले रुचाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?