+
+
Shares

म्युजिक भिडियोसँग सम्बन्धित १२० जनालाई राहत वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १३ गते १४:४०

म्युजिक भिडियोसँग सम्बन्धित १२० जनालाई राहत वितरण गरिएको छ । म्युजिक भिडियो कलाकार संघ नेपालले कोरोनाका कारण समस्यामा परेका आफ्नो क्षेत्रसँग सम्बन्धित कलाकार, प्राविधिक एवं डान्सरहरुलाई राहत वितरण गरेको हो ।

शनिबार काठमाडौं अनामनगरबाट उनीहरुलाई राहत वितरण गरिएको हो । संघका अध्यक्ष शंकर बिसीका अनुसार देश–विदेशबाट प्राप्त सहयोग रकमबाट चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।

निषेधाज्ञाका कारण काम ठप्प भएपछि म्युजिक भिडियोसँग सम्बन्धित कलाकार, प्राविधिक एवं डान्सरहरु समेतलाई दैनिक गुजारा चलाउन समस्या भएको थियो । संघले दैनिक उपभोग्य सामग्री सहयोग गरेसँगै उनीहरुले राहत महसूस गरेका छन् । राहत वितरणमा म्युजिक भिडियोका चलेका कलाकारहरुको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?