Comments Add Comment

तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

१३ असार, काठमाडौं । संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदबहाली गर्दै उनले पुरातत्व विभागलाई यस्तो निर्देशन दिएका हुन् ।

सर्वोच्च अदालतको आदेशबाट एकै पटक २० मन्त्रीको पद रिक्त हुने क्रममा पर्यटन मन्त्रालय समेत रिक्त थियो । यो मन्त्रालय हेर्ने गरी श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।

सोहीकारण उनले आइतबार पदबहाली गरेका हुन् । सो क्रममा उनले तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गरी प्रारम्भिक काम अगाडि बढाउन समेत विभागलाई निर्देशन दिए ।

नेपालको विकासको मूख्य स्तम्भ पर्यटन भएको भन्दै उनले पर्यटन प्रवर्द्धनमा जोड दिए । नेपाल वायुसेवा निगमको घाटा कम गरी जनतामा विश्वास प्राप्ति हुने गरि काम गर्न निर्देशन दिए । युरोपेली यूनियनको कालोसूचिबाट नेपाललाई हटाउन ठोस कार्ययोजनासहित काम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए ।

उनले मन्त्रालयका विद्यमान समस्या समाधान गर्न समेत कार्ययोजना बनाउन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment