Comments Add Comment

डीआईजी थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

१४ असार, काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । थापा पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए ।

योसँगै भावी आईजीपीका लागि विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी सरकारले २७ कात्तिकमा एआईजीको एउटा दरबन्दी थपेर बढुवा गरेको थियो ।

उक्त निर्णयको व्यापक आलोचना भएपछि संसदको राज्य व्यवस्था समितिले पनि बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो ।

तर संसदीय समितिको निर्देशनलाई वेवास्ता गर्दै सरकारले पोखरेललाई एआईजीमा बढुवा गर्‍यो । हाल पुनः एक एआईजीको दरबन्दी थप्दै विगतको गल्तीलाई सच्याइएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment