Comments Add Comment

पेनाल्टीमा गोल गर्न नसकेका एमबाप्पेले मागे माफी

१५ असार, काठमाडौं । स्वीट्जरल्याण्ड र फ्रान्सबीच गएराति भएको खेलमा पेनाल्टी चुकाएपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले माफी मागेका छन् ।

निर्धारित समय र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय भएको हो । जसमा एमबाप्पेले प्रहार गरेको बल स्वीस गोलकिपर यान सोमेरले बचाए ।

यसपटक युरोमा एमबाप्पेले एक गोल पनि गर्न सकेनन् । पेनाल्टी पनि गुमाएपछि उनले माफी मागेका हुन् । एमबाप्पेले आफूले टिमलाई सहयोग गर्न चाहेको तर सफल नभएको बताए ।

‘पेनाल्टीको लागि म माफी माग्छु । म टिमलाई सहयोग गर्न चाहन्थें तर म फेल भएँ ।’ एमबाप्पेले यसबाट फ्यानहरुलाई निराश बनाए पनि उनीहरुको समर्थनका लागि आभार व्यक्त गरे । ‘फ्यानहरुलाई निराश बनाएका छौं । तर तपाईंहरुको समर्थन र हामीप्रति देखाएको विश्वासका लागि धन्यवाद ।’

स्वीट्जरल्याण्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो । जितपछि स्वीट्जरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गर्दा फ्रान्स बाहिरियो ।

प्रतियोगिताअघि फ्रान्स उपाधिको सबैभन्दा ठूलो दाबेदारको रुपमा थियो । तर विश्वकप र युरोकप लगातार जित्ने अभियानमा रहेको फ्रान्स अन्तिम १६ बाटै घर फर्कन बाध्य भयो ।

स्वीट्जरल्याण्डले भने ६७ वर्षपछि मुख्य प्रतियोगितामा नकआउट चरणको खेल जितेको हो । त्यसैले त स्वीस टोलीका कप्तान ग्रान्ट जाकाले इतिहास रचेको बताए । उनले अब स्पेन विरुद्धको खेलमा केन्द्रित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment