Comments Add Comment

लुम्बिनी प्रदेशमा ४७ प्रतिशत बढी क्षेत्रमा धान रोपाइँ

१५ असार, बुटवल ।  लुम्बिनी प्रदेशमा धान खेती हुने कुल क्षेत्रफलको ४७.७ प्रतिशत खेतमा रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ३ लाख ३४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा असार १४ गतेसम्म १ लाख ५३ हजार ३.५ हेक्टरमा रोपाइँ भइसकेको प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।

गत वर्षको तुलनामा असार १४ गतेसम्म यस वर्ष ३ प्रतिशत बढी रोपाइँ भएको हो । निर्देशनालयका बाली विकास अधिकृत दीनबन्धु पौडेलका अनुसार रोल्पामा सबैभन्दा बढी ९० प्रतिशत खेतमा रोपाइँ भएको छ भने गुल्मीमा सबैभन्दा कम ७.७ प्रतिशत खेतमा रोपाइँ भएको छ ।

यस्तै रुपन्देहीमा ५५ प्रतिशत, बर्दियामा ६३ प्रतिशत, नवलपरासी पश्चिममा ६० प्रतिशत, दाङमा ६० प्रतिशत, कपिलवस्तुमा २४.९ प्रतिशत, रुकुम पूर्वमा ६३ प्रतिशत, प्युठानमा ८० प्रतिशत रोपाइँ भएको छ । बाँकेमा २० प्रतिशत, पाल्पामा ३०.७ प्रतिशत र अर्घाखाँचीमा ५७.८ प्रतिशत धान खेतमा रोपाइँ भइसकेको पौडेलले जानकारी दिए ।

गत वर्ष लुम्बिनी प्रदेशमा ३ लाख १७ हजार ४४५ हेक्टर अर्थात् ९४.८४ प्रतिशत धान खेतमा रोपाइँ भएको र १३ लाख २५ हजार ४ सय ६४.८९ मेट्रिक टन धान उत्पादन भएको उनले बताए । लुम्बिनी प्रदेशमा ६ लाख ८६ हजार ७०४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । धान खेती हुने अधिकांश खेतमा सिंचाइँ सुविधा रहेको कृषि निर्देशनालयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment