+
+
Shares

पोखरामा शिक्षामन्त्रीको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १६:३१

१५ असार, पोखरा । पोखरामा मंगलबार जातीय विभेदविरुद्ध प्रदर्शन भएको छ ।

काठमाडौंमा रुपा सुनारले जातीय विभेदका कारण डेरा नपाएको र शिक्षामन्त्रीले जातीय विभेदको आरोप लागेको घरबेटीको संरक्षण गरेको विरोधमा अधिकारकर्मीले प्रदर्शन गरेका हुन् । उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला पनि जलाएका छन् ।

जातीय मुक्ति मोर्चाको आह्वानमा भएको विरोध प्रदर्शनपछि युवाहरुले नाराबाजी गर्दै शिक्षामन्त्रीको पुत्ला दहन गरेका थिए। सोही क्रममा प्रहरीले धरपकड गर्दै ३ जना गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा किरण नेपाली, रेशम सापकोटा, नेत्र चापागाइँ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?