Comments Add Comment

खोलामा डुबेर पर्सामा एक किशोर बेपत्ता

१५ असार, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा खोलामा डुबेर एक किशोर बेपत्ता भएका छन् । पोखरीया–९, शिववर्वाका १४ वर्षीय राजु महतो तत्मा बेपत्ता भएका हुन् ।

पोखरीया–७ रानीगञ्ज र रहरीया गाउँको बीचमा बग्ने धुताहा खोलाले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । गाउँका एक जनाको शव सद्गतका लागि मलामी गएका उनी नुहाउने क्रममा पौने ३ बजे बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

खोजतलासका लागि इलाका प्रहरी कार्यालय पोखरियाबाट ७ जना, विपद् व्यवस्थापन गुल्मबाट प्रहरी निरीक्षकको नेतृत्वमा १३ जना र सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment