+
+
Shares

बारअनुसार सेवा प्रवाह गर्दै वालिङ मालपोत कार्यालय

रासस रासस
२०७८ असार १६ गते १३:०८

१६ असार, वालिङ । स्याङ्जाको वालिङस्थित मालपोत कार्यालयले बारअनुसार सेवा प्रवाह थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बारअनुसार पालिका निर्धारण गरी सेवा प्रवाह गरिएको मालपोत अधिकृत रविन अधिकारीले जानकारी दिए ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयबाट हुने अत्यावश्यक मात्र सेवा प्रवाह गर्नु भनेर स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्डअनुसार निर्देशन भएकाले सोही अनुसार गरिएको उनले बताए ।

कार्यालयले आइतबार र सोमबार वालिङ तथा भीरकोट नगरपालिका, मंगलबार र बुधबार चापाकोट नगरपालिका, बिरुवा र हरिनास गाउँपालिका, बिहीबार र शुक्रबार गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने मालपोत कार्यालयले जनाएको छ ।

कार्यालयले बारअनुसार पालिका छुट्याएको छ भने सीमित मात्रै सेवा सञ्चालन गरेको छ । जग्गा दृष्टिबन्धक, जग्गा फुकुवा, राजीनामा, सामान्य संशोधन, प्रतिलिपिजस्ता सेवा सञ्चालन गरेको भए पनि बकससम्बन्धी सेवा, अंशवन्डा, नामसारी, स्रेस्ता कायम गर्नेलगायत अन्य सेवा तत्कालका लागि बन्द गरिएको छ ।

बारअनुसार पालिका छुट्याउँदा कार्यालयमा सेवाग्राहीको भीड कम भई संक्रमणको जोखिम न्यून हुने भएकाले यो विधि अपनाइएको मालपोत अधिकृत अधिकारीको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?