+
+

अग्रपंक्तिमा खटिनेको सम्मानमा बनाएको चित्र महानगरले मेटायो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १८:०८

१६ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ । चार जना कलाकार र तीन जना स्वयंसेवककले ६ दिन लगाएर जेठ ३० मा निर्माण सकेको यो चित्र महानगरपालिकाले बुधबार दिउँसो मेटाएको हो ।

कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ शेर्पालाई काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयले अनुमति दिएको थियो ।

तर, वडा कार्यालयले त्यस्तो अनुमति दिन नपाउने भन्दै काठमाडौं मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीको निर्देशनमा महानगरपालिकाले चित्र मेटाएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा महानगरपालिकाका भित्तामा चित्र बनाउन, पम्प्लेट र पोस्ट टाँस्न र होर्डिङ बोर्ड राख्न मनाही गरिएको बताउँछन् ।

‘महानगरपालिकाले अनुमति नदिई यस्तो काम गर्न पाइँदैन, तर, वडाको अनुमतिमा भरमा बनाइएकाले सो चित्र मेटेका हौं,’ उनले भने, ‘हामीलाई मेट्ने निर्देशन थियो, त्यसैअनुसार काम गरेका हौं ।’

कोरोना महामारीको समयमा शहरका अधिकांश मानिस घरभित्र बसेका बेला बाहिर निस्केर काम गर्नेहरुको सम्मानका लागि यो चित्र बनाएको कलाकारहरु बताउँछन् । चित्रमा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरु देख्न सकिन्थ्यो ।

चित्रको परिकल्पनाकार डोजाङ शेर्पा महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहनेहरुको सम्मानका लागि राजधानीको मुटुमा अनुमति लिएरै चित्र मेटाएर महानगरपालिकाले फ्रन्टलाइनर, कला र मिहिनेतको अपमान गरेको बताए ।

‘वि विल राइज एगेन, र टुगेगर विक क्यान सहित के टाउन लेखेर हामीले यो चित्र विश्वले काठमाडौंको हो भनेर विश्वले चिनोस् भन्ने चाहेका थियौं,’ उनले भने,‘तर, महानगरपालिकाले एकाएक चित्र मेटिदिँदा साह्रै चित्त दुखेको छ । ’

चित्र बनाउने क्रममा पहिलो दिन महानगरपालिकाबाट आएका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले चित्रबारे सोधेपछि वडाको पत्र देखाएको उनले बताए । त्यत्रो दिन केही नबोलेको महानगरपालिकाले कुनै पूर्वजानकारी समेत नदिई चित्र मेटेको भन्दै उनले त्यसले महानगर कलाको उपहास र अपमान गर्ने निकायको रूपमा चित्रित भएको बताए ।

‘हामीले अनुमति नलिई बनाएका पनि हैनौं, कुनै व्यपारिक स्वार्थ पनि हैन,’ उनी भन्छन्,‘जनताको सेवामा खटिनेहरुलाई प्रोत्साहन मिलोस् भनेर गरेको काममाथि रंग पोतेर महानगरपालिको हाम्रो मिहिनेतमाथि पनि भद्दा मजाक गर्‍यो ।’

अग्रपंक्तिमा खटिनेलाई ‘मोटिभेट’ गर्न बनाएको चित्र एकाएक मेटाइदिएपछि सो क्षेत्रका स्थानी र जनप्रतिनिधिले पनि चिन्ता व्यक्त गरेका छन् । वडा नम्बर -२८का वडाध्यक्ष भाइराम खड्गीले चेतनामुलक सम्मानप्रद र जागरण दिने खालको चित्रको प्रस्ताव आएपछि चित्र बनाउन सकिने गरी सिफारिस दिएको बताउँछन् ।

‘महानगरपालिकाले एकाएक मेटाइदिएछ,’ उनले भने,‘यसबारे म कार्यपालिका बैठकमा कुरा उठाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?