Comments Add Comment

५ ग्राम खैरो हिरोइनसहित पर्साबाट भारतीय नागरिक पक्राउ

१६ असार, वीरगञ्‍ज । पर्सा प्रहरीले लागु औषध खैरो हिरोइनसहित एकजनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारीका ३५ वर्षीय मन्टु पण्डित कुम्हाल रहेका छन् ।

प्रकाउ परेका उनको साथबाट प्रहरीले ५ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको छ । उनीमाथि पाइन्टको दाहिने खल्तीमा लुकाइछिपाई लागु औषध खैरो हिरोइन राखिएको आरोप छ ।

साथै लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment