+
+

कोरोना संक्रमण बढेसँगै बंगलादेशमा कडा लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १७ गते १३:३८

१७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै बिहीबारदेखि बंगलादेशमा एक साता लामो लकडाउन लागू गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बंगलादेशमा दोस्रोपटक कडा किसिमको लकडाउन गरिएको हो ।

यसपटक जारी गरिएको लकडाउनको नियम पहिलेको तुलनामा कडा छ । लकडाउन उल्लंघन गर्नेलाई जेल सजायसम्मको व्यवस्था गरिएको छ ।

कोरोनाको डेल्टा भेरियन्टका कारण बंगलादेशमा पछिल्लो केही दिनमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको समाचारमा जनाइएको छ । बंगलादेशका संक्रामक रोग विशेषज्ञ एसएम अलमगिरले भने, ‘यदि मानिसहरुले नियमको पालना गरेनन् र घरमा नै बसेनन् भने यो लहरमा बंगलादेशको अवस्था भयावह हुन सक्छ । यो भाइरस निकै तीव्र गतिमा फैलिरहेको छ र यसपटक धेरै मानिसको मृत्यु भइरहेको छ ।’

बंगलादेशमा अहिलेसम्म ४० लाख मानिसले कोरोनाविरुद्धको खोपको पूरा डोज लगाइसकेका छन् । त्यस्तै १५ लाख मानिसले एक डोज खोप लगाएका छन् । यद्यपि भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धका कारण एक डोज खोप लगाउने मानिसले कहिले दोस्रो डोज पाउँछन् भन्ने निश्चित छैन ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?