Comments Add Comment

एमाले बैठकमा झलनाथ खनाल र माधव नेपाललाई पनि निम्ता

१७ असार, काठमाडौं । नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव नेपाल समूहका नेतालाई बोलाएका थिएनन् ।

तर शुक्रबारको बैठकबारे सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको छु । टेलिफोनबाट पनि जानकारी गराउँछु’, तामाङले भने ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै नेता खनाल र नेपालसहित ११ जनालाई गरिएको कारबाही स्वतः निष्प्रभावी बनेको अध्यक्ष ओलीले जानकारी दिएका थिए ।

यसपछि बस्न लागेको बैठकमा सबैलाई बोलाइएको छ । १६ असारको बैठकमा कारबाही गरिएका ११ जना बाहेकलाई बोलाइएको थियो । तर माधव नेपाल समूहका नेताहरुको उक्त बैठकमा उपस्थित भएनन् ।

माधव समूह अनुपस्थित भएपनि अध्यक्ष ओलीले एमालेमा रहेका पूर्वमाओवादी नेता र ३ जेठ २०७५ मा पार्टी एकता हुँदा थप भएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment