Comments Add Comment

सान्चो युनाइटेड जाने पक्का

१७ असार, काठमाडौं । एक वर्ष लामो कसरतपछि जाडोन सान्चो बोरुसिया डर्टमण्डबाट म्यानचेष्टर युनाइटेड जाने पक्का भएको छ ।

प्रिमियर लिग क्लब युनाइटेडले जर्मन क्लब डर्टमण्डबाट सान्चोलाई ८५ मिलियन युरोमा भित्र्याउने सहमति गरेको बीबीसीले जनाएको छ ।

इंग्ल्याण्डका २१ वर्षीय विंगर सान्चोले युनाइटेडमा ५ वर्षको लागि सम्झौता गर्नेछन् र एक वर्ष थपको विकल्पसमेत हुनेछ ।

हाल युरोकपका लागि इंग्लिस टिमसंगै रहेका सान्चो अर्को प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी एकेडेमीको उत्पादन हुन् । उनी १८ वर्षको उमेरमै जर्मन क्लब डर्टमण्ड पुगेका थिए ।

म्यानयुका म्यानेजर ओले गनर सोल्सायरले गत सिजन नै सान्चोलाई क्लब भित्र्याउने चाहेका थिए । त ट्रान्सफर रकममा सहमति हुन सकेको थिएन ।

सन् २०१७ मा सिटीबाट जर्मनी पुगेका सान्चोले डर्टमण्डका लागि १३७ खेल खेल्दै ५० गोल गरेका छन् । उनले ५७ गोलका लागि असिस्टसमेत गरेका छन् ।

सन् २०१८ मा इंग्ल्याण्डको सिनियर टिममा डेब्यु गरेका उनले २० क्याप जितका छन् । यस्तै इंग्ल्याण्डका लागि ३ गोल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment