Comments Add Comment

पहिलो दिन ९० प्रतिशतभन्दा बढी सिट भरेर उडे आन्तरिक उडानका जहाज

१७ असार, काठमाडौं । कोरोना महामारीपछि निषेध भएको आन्तरिक हवाई उडान बिहीबारबाट सूचारु भएको छ । ५८ दिनपछि शुरु भएको उडान पहिलो दिन ९० प्रतिशत भन्दामाथि सिट भरेर जहाज जहाज उडेको कम्पनीहरुले जनाएका छन् ।

साविकको तुलनामा उडान संख्या ५० प्रतिशतमा झारिएको छ । बुध्द एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशीका अनुसार आज पहिलो दिन कम्पनीमा ३५ सय बुकिङ भएको छ ।

कम्पनीले पाएका ३१ उडानको कुल सिट क्षमता ३ हजार ८ सय हो । ३५ सय सिँट बिक्रि उत्साहजनक अवस्था भएको उनले बताए ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतिका जहाजमा समेत ९० प्रतिशत भन्दा माथिको औसतः अक्कुपेन्सी देखिएको छ ।सिमरा, विराटनगर, भद्रपुरजस्ता विमानस्थलबाट काठमाडौं आउने जहाजहरुको सिट भरिभराउ थियो । तर, काठमाडौंबाट बाहिरिने जहाजमा भने केही कम यात्रु थिए । औसतःमा ९० प्रतिशत यात्रु भरिएको उनले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणको उडान तालिका अनुसार हरेक घण्टा ७ वटा मात्र उडान तोकिएको छ । हरेक यात्रुको तापक्रम मापन, हृयाण्ड सेनिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेशशिल्डको अनिवार्य प्रयोग सुरक्षाका प्रमुख उपायहरु अपनाइएका छन् ।

लामो समयपछि खुलेको हवाई यात्रा सार्वजनिक बसको तुलनामा सुरक्षित हुने भएकाले समेत यात्रुको आकर्षण देखिएको कम्पनहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment