+

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ, सात खेलाडीको रिपोर्ट आउन बाँकी

२०७८ असार  १७ गते २१:०६ २०७८ असार १७ गते २१:०६
१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ, सात खेलाडीको रिपोर्ट आउन बाँकी

१७ असार, काठमाडौं । कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ ।

यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए ।

खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले बताए ।

साफ फुबटवल च्याम्पियनसिप र एएफसी एसियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

प्रशिक्षण दुई चरणमा हुने छ । एउटा टोलीले बिहान तथा अर्को टोलीले अपरान्ह अभयास गर्ने छ । बन्द प्रशिक्षणका लागि अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ छनोट भएका छन् ।

यसैगरी अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, दोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत र निशान खड्का पनि बन्द प्रशिक्षणका लागि छनोटमा परेका छन् ।

यस्तै छनोट गरिएका अन्य खेलाडीहरुमा नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेको एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बंगलादेशमा हुनेछ भने एसियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुनेछ ।

नेपाली राष्ट्रिय फुटबल टिम फुटबल खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय