Comments Add Comment

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, प्रहरी भन्छ- पहिरो पन्छाउन अझै केही घण्टा लाग्छ

१८ असार, चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले सवारी साधनहरुको लामो लाइन लागेको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चार ठाउँमा खसेको पहिरोका दुईतर्फी नै सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिन प्रहरीले जनाएको छ ।

१४ किलो भन्ने स्थानमा खसेको ठूलो ढुंगा पन्छाउन सकिएको छैन । पन्छाउने काम जारी रहेकाले सडक सन्चालन गर्न केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।

इच्छाकामना गाउँपालिका-६ चारकिलो भन्ने स्थानमा ठूलो पहिरो छ । त्यो हटाउन तीन-चार घण्टा समय लाग्ने प्रहरीको भनाइ छ ।

१४ किलो भन्ने स्थानमा खसेको ठूलो ढुंगा भने हटाइसकिएको छ । जलविरेको पहिरो हटाएर हाल एकतर्फी सवारी साधन सन्चालन हुने बनाइएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि शुक्रबार बिहान ९ बजेदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment