+
+
Shares

प्रधानमन्त्री ओलीसँग माधव नेपाल निकट नेताहरु वार्तामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १२:२२

१८ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अगाडि अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु वार्तामा बसेका छन् ।

बालुवाटार स्रोतका अनुसार, अध्यक्ष ओलीसँग नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले वार्ता गरिरहेका छन् । वार्ता चलिरहेकाले बालुवाटारमा एघार बजे बोलाइएको बैठक शुरु हुन सकेको छैन ।

माधव समूहका नेताहरुले यो बैठक रोक्न माग गर्दै आएका छन् । दशौं महाधिवेशन आयोजक कमिटी अवैध भएकाले यसले बोलाएको बैठक रोक्नुपर्ने माधव समूहको भनाइ छ ।

प्रधानमन्त्री ओलीसँग नेता नेपालले पनि बैठक रोक्न सुझाव दिएका थिए । बिहान अध्यक्ष ओली र नेपाल बीच टेलिफोन सम्वाद भएको थियो । उक्त सम्वादमा अध्यक्ष ओलीले बैठकमा सहभागी हुन निम्तो दिएका थिए भने नेता नेपालले बैठक रोक्न भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?