+
+
Shares

जम्मु-कश्मीरको पुलवामामा चरमपन्थीसँगको झडपमा भारतीय सुरक्षाकर्मीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १४:३६

१८ असार, काठमाडौं । भारतको जम्मु-कश्मीरको पुलवामा जिल्लामा बिहीबार रातिदेखि चरमपन्थीसँगको झडपमा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।

जम्मु-कश्मीरका डीजीपी दिलबाग सिंहले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘हामीले सेनाका एक हवल्दार इन्काउन्टरको क्रममा गुमाएका छौं । प्रहरी, सेना र सीआरपीएफको टोलीले अब आफ्नो अपरेसन अन्त्य गर्ने तयारी गरिरहेका छन् । अहिले खोजी कार्य चलिरहेको छ ।

पीटीआईका अनुसार पुलवामाको राजपोरा क्षेत्रस्थित हन्जन गाउँमा चरमपन्थीहरु रहेको सूचनाको आधारमा उनीहरुलाई घेरा हालेर खोजीकार्य सुरु भएको एक प्रहरी अधिकारीले बताएका छन् ।

उनका अनुसार चरमपन्थी समूहले सुरक्षाकर्मीहरुमाथि गोली चलाएको थियो । चरमपन्थीको आक्रमणपछि भारतीय सुरक्षाकर्मीले जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ । जसको कारण खोजी अभियान दोहोरो झडपमा परिणत भएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?