+
+

थप २,२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १६:४१

१८ असार, काठमाडौं। पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४५१ रहेको छ । कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३१६, झापामा ८६, ललितपुरमा ७८, सुनसरीमा ७३, कास्कीमा ६४, चितवनमा ५३, धादिङमा ५२, नवलपरासी पुर्व र डोटीमा ३९/३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

सप्तरी र गुल्मीमा ३७/३७ जना, नुवाकोटमा ३६, भक्तपुरमा ३४, काभ्रेपलाञ्चोकमा ३०, मोरङ र मकवानपुरमा २९/२९ जना, रुपन्देहीमा २८, तनहुँमा २५, कपिलवस्तुमा २४, पाल्पामा २३, लमजुङमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कैलालीमा १९, दैलेखमा १६ जना, धनुषा, दाङ र सुर्खेतमा १४/१४ जना, महोत्तरीमा १२ जना र रसुवामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

१० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?