+
+
Shares

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १९ गते १०:५२
फाइल तस्वीर

१९ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ ।

विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर केहीबेरअघिदेखि एकतर्फी सडक सन्चालनमा ल्याइएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरोका कारण रोकिएकाहरुलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरु भएको छ ।

१७ किलो र चार किलो भन्ने स्थानमा पहिरो हटाउने काम जारी छ । सबै पहिरो हटाएर दुईतर्फी सडक सन्चालनमा आउन भने केही समय लाग्ने छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?