+
+
WC Series
जनकपुर बोल्ट्स 2025
25/1 (4.6)
VS
९० बलमा १११ रन आवश्यक
विराटनगर किंग्स 2025
135/7 (20)
Shares

गोरखामा खोलाले बगाएर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १९ गते १२:४१

१९ असार, गोरखा । आरुघाट गाउँपालिका–३ सोतीस्थित फङ्गी खोलाले बगाएर गोरखामा एक जनाको ज्यान गएको छ । खोला तर्ने क्रममा सोही गाउँपालिका- १ श्यामचेतका २६ बर्षीय किरण लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

‘ठाडो खोला रहेछ, तर्ने क्रममा बगाएर ३० मिटर तल फालेछ,’ डीएसपी प्रकाश दाहालले भने, ‘बेहोस अवस्थामा स्थानीयले उनलाई उद्धार गरेर उपचारको लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लगे रहेछन् ।’ उपचारको क्रममा चिकित्सकले उनलाई बिहान ११ बजे मृत घोषणा गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?