Comments Add Comment

निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगायो

तस्वीर सौजन्यः भास्कर चौधरी/सञ्जय माझी

१९ असार, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचिएको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो भाँचिएको हो ।

सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो स्लाब भाँचिएको चैदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । ‘ठेकेदार कम्पनीले यो असार महिनाभित्रै निर्माण कार्य समेर बुझाउँछु भनेको थियो, काम पनि लगभग सकिएको अवस्थामा भाँचिएको छ’ उनले भने ।

१२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको एउटा पिलर भासिएर दुई वटा स्लाब बगाएको छ । बाढीले स्लाब बगाउँदा चौदण्डीगढी नगरपालिका– ५ सिवाईका अख्तर मियाँ खोलामा खसेर घाइते भएकाे मेयर राईले जानकारी दिए । स्थानीयले उनको उद्दार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment