Comments Add Comment

राजुकाजी शाक्य एनआरटीमै रहने

२० असार, काठमाडौं  । आगामी असोजदेखि सुरु हुने शहीद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी)ले टिमको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएको छ ।

लिगका लागि दुई अफ्रिकन खेलाडीलाई सार्वजनिक गर्ने क्रममा शनिबार एनआरटीले राजुकाजीलाई मुख्य प्रशिक्षकमा शाक्यलाई निरन्तरता दिएको जनाएको छ । ‘हामीले टिमको प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएका छौँ’ एनआरटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय टिमको प्रशिक्षकसमेत रहिसकेका शाक्यले विभिन्न ए डिभिजन क्लबको प्रशिक्षकको भूमिका पनि निर्बाह गरिसेका छन् ।

गत वैशाख-जेठमा भएको नेपाल सुपर लिगमा शाक्य बुटवल लुम्बिनीको महाप्रबन्धकको भूमिकामा थिए ।

यसअघिको सिजन पनि शाक्य एनबरटीकै प्रशिक्षक थिए । जहाँ एनआरटीले सातौ स्थानमा लिग सकाएका थियो । त्यसअघि उनले च्यासल युथ क्लको प्रशिक्षण सम्हालेका थिए ।

शाक्यले खेलाडी र प्रशिक्षक दुवै भूमिकामा रहेर दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेका थिए ।

सन् १९९३ मा नेपालले साग जित्दा शाक्य टोलीको कप्तान थिए । २०१६ मा भएको १२औं सागमा शाक्यको प्रशिक्षणमा नेपालले स्वर्ण जितेको थियो ।

शाक्यले एनआरटी बाहेक विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, संकटा क्लब, मनाङ-मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबको प्रशिक्षण सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘संवेदनाहीन मेयर’

Advertisment